२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको हवाई कारबाहीमा परी १४ सर्वसाधारण मारिए

१२ पुष २०७४, बुधबार १४:२९

पुस १२, एडेन (रासस/एएफपी) | युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ । 

ताइज शहरको उत्तर पूर्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी विद्रोहीलक्षित यो हवाई कारबाही गरिएको तर गलत स्थानमा पर्न गएको जनाइएको छ । सरकारी र अस्पताल स्रोतले बुधबार सो हवाई कारबाहीको जानकारी दिएको छ । 

गत मङ्गलबार भएको हवाई कारबाहीमा पनि ११ विद्रोहीको मृत्यु हुनुका साथै अन्य १६ जना सर्वसाधारण घाइते भएको साउदी अरेबियाको समर्थन रहेको सरकार समर्थित एक स्थानीय अधिकारीले जानकारी दिएको छ । 

ताइजमा साउदी अरबियाको समर्थन रहेको सरकारको सुरक्षा बलले बारम्बार हवाई कारबाही गर्दै आएको छ । 

गृहयुद्धका कारण तहसनहस भएको यमनको पश्चिमी भागमा साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा २२ हुथी विद्रोही मारिएको बताइएको छ । 

सो हवाई कारबाही हुथीको बलियो प्रभाव रहेको रक्त सागर तटीय क्षेत्र होदइदामा भएको जनाइएको छ । 

सन् २०१५ को मार्च महिनाबाट तत्कालीन सरकारको समर्थन गर्दै साउदी अरेबियाले यमनमा हवाई कारबाही शुरु गरेको थियो । उक्त कारबाही हालसम्म पनि जारी रहेको छ । 

गत सोमबार होदेइदाको दक्षिण भागमा भएको हवाई कारबाहीमा परी ५३ विद्रोही र १२ सरकारी सैनिकको मृत्यु भएको थियो । 

सन् २०१५ को मार्च महिनाबाट साउदी अरेबियाआवद्ध संयुक्त सेनाले गरेको कारबाहीमा परी ८ हजार ७५० व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्याङ्कमा बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु