२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प प्रशासनद्वारा अमेरिकामा दुई लाख आप्रवासीको भिषा रद्ध

२०७४, २५ पुष मंगलवार ०४:०६

पुस २५, काठमाडौं । ट्रम्प प्रशासनले दुई लाख आप्रवासीलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो ।

सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो ।

अब भने एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसीमा दिइएको छ । सो अवधिभित्र फिर्ता नभएमा पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ ।

अमेरिकाले यसअघि हैटी र निकारागुआका हजारौं मानिसहरुको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकामा आप्रवासीलाई रोक्ने घोषणा गरेका थिए ।

के हो टीपीएस ?

सन् १९९० मा सुरु गरिएको एक कार्यक्रममार्फत बिभिन्न देशका प्रवासीहरुलाई कानुनी रुपमा अमेरिकामा बस्ने र काम गर्ने अधिकार मिल्दछ । कानुनी वा गैरकानुनी रुपमा अमेरिका बस्नेहरुलाई यस कार्यक्रअन्तर्गत राखिन्छ ।

यो अधिकार त्यो देशका नागरिकलाई दिन्छ जो सशस्त्र संघर्ष, प्राकृतिक विपत्ती या महामारीबाट प्रभावित भएका हुन्छन् । अमेरिकामा एल साल्भाडोरका दुई लाख प्रवासी छन् । टीपीएस पाउने यो सबैभन्दा ठूलो समूह हो ।

राष्ट्रपति जर्ज डब्लु बुशले यो कानुन ल्याएपछि हालसम्म अमेरिकामा १० देशका तीन लाख प्रवासीलाई टीपीएस सुरक्षा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी