२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा शक्तिशाली भूकम्प: चारको मृत्यु, २ सय २५ घाइते, १४५ जना हराए, उद्वारकार्य जारी

२४ माघ २०७४, बुधबार ०८:०३

माघ २४, हुवालिन । ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ ।

त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ । भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन् । उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन् । 


उनीहरुलाई उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीहरुले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएका छन् । 

बुधबार बिहान १०: ४० बजे आएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो । त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । तर अहिले उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकिरहेको छैन । 

ताइवानमा यतिखेर विदेशी पर्यटकहरु जाने मौसम हो । त्यसैले भूकम्पमा पर्यटकहरु पनि परेको अनुमान गरिएको छ । अहिलेसम्मको सूचनाअनुसार पाँच जना विदेशी पर्यटक घाइते भएको पाइएको छ । 

उक्त भूकम्पपछिका कैयौँ पराकम्पहरुका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । उनीहरु घरभित्र नभएर सबैजना सडक तथा खाली चौरमा जम्मा भएर बसेका जनाइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान