२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय एक मतदाताले झुक्किएर मोदीको पार्टी चिन्हमा मतदान गरेपछि आफ्नो चोरऔँला काटे

६ बैशाख २०७६, शुक्रबार १७:१६

वैशाख ६, काठमाडौँ | भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् ।

उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भएपनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिन) मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् । 

उनले आफ्नो जीवनमा पहिलो पटक मतदान गरेका र आफूले चाहेको दललाई मत नपरेको थाहा पाएपछि निकै दुःखी बनेका उनका दाजु कैलासचन्द्रले बताए । 

मतदानपछि रिसको आवेगमा औँला काटेपछि खिचिएको भिडियो, जुन भारतीय सामाजिक सञ्जालमा छाइरहेको छ, मा पच्चिस बर्षीय पवनकूमारले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएका छन् । 

“म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,“ पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ । 

सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो । उक्त क्षेत्रमा बहुजन समाज पार्र्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ ।

भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना हुने गर्छ ।पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए । 

भारतीय लोकसभा निर्वाचनको दोस्रो चरणमा सरदर ६१.१२ प्रतिशत मत खसेको बताइएको छ । 

भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ । यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको सङ्ख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…