२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंका बम आक्रमण: यसरी जोगियो विनोद चौधरीको पाँच तारे होटल (हेर्नुहोस् भिडियो)

२०७६, १३ बैशाख शुक्रबार ०७:०७

बैशाख १३, काठमाडौं  | श्रीलंकाको कोलम्वोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्फोटबाट जोगिएको छ।

प्रहरीका अनुसार अन्तराष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट' सो होटल पनि थियो।

आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामाग्री झोलाभरी बोकेर उक्त होटलमा पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।

ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजे पनि प्राविधिक समस्याले नपड्किएको प्रहरीले जनाएको छ।

त्यसपछि समुन्द्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए। त्यँही बम बिस्फोट भएर उनको मृत्यु भयो।

सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।

ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने थियो भनेर श्रीलंकन प्रहरीले जनाएको छ। समुन्द्री तटमा रहेको कोलम्वोको प्रख्यात 'ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ।

'ताज समुन्द्र’ भारतको प्रसिद्ध 'ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो।

अहिले चौधरी समुहले संसारभर कैयौं होटल र रिसोर्ट चेन संचालन गरिरहेको छ।

यसरी एक चर्चमा छिरेर बम बिस्फोट गराउन प्रवेश गर्दै गरेका एक बम आक्रमणकारी सिसिटिभीमा कैद भएका थिए। एजेन्सीबाट 

हेर्नुहोस भिडियो:-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु