२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा चौथो चरणको मतदान, ७१ स्थानका लागि चुनाव

१६ बैशाख २०७६, सोमबार ०७:४६

बैशाख १६, नयाँदिल्ली ।  भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ । 

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटर मार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ । 

उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ ।

यस चुनावमा बिहारको बेगुसराय निर्वाचन क्षेत्र निकै चर्चामा छ । यहाँ भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट युवानेता एवं प्रखर वक्ता कन्हैया कुमार र भारतीय केन्द्रीय मन्त्री गिरिराज सिंह तथा आरजेडीका तनवीर हस्सनबीच प्रतिस्पर्धा हुँदैछ । सुप्रसिद्ध बलिउड कलाकारहरु जाभेद अख्तर, शबाना आज्मी, स्वारा भास्कर र प्रकाश राज समेत कन्हैयाका पक्षमा चुनावी प्रचारमा बेगुसरायमा छन् । 

जम्मु काश्मिरको अनन्तनाग लोकसभाका लागि चुनाव जारी छ । यहाँ ४३३ वटा मतदान केन्द्र राखिएका र करिब ती लाख ४४ हजारले मतदान गर्ने विश्वास गरिएको छ ।

मतदानका क्रममा सामान्य हिंसाका घटना भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर समग्रमा चुनाव शान्तिपूर्ण रुपमा भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।

यसअघि अप्रिल २३ मा भएको तेस्रो चरणको चुनावमा १४ राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ११६ स्थानका लागि मतदान भएको थियो । तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका थिए ।

यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो ।

यसैगरी, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…