२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम आक्रमण पछि श्रीलंकामा अनुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध

१६ बैशाख २०७६, सोमबार ०७:५७

बैशाख १६, काठमाण्डाै – गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ । ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए । 

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो आपतकालीन कमद उठाएको जानकारी दिए । सोमबारबाट लागू हुने यो प्रतिबन्धले मुस्लिम महिलाहरुले लगाउने बुर्कामा भने कुनै असर गर्ने छैन । 

पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार, श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीसँग यसबारेमा एक मस्यौदा तयार गर्नका लागि भनेका छन् । 

‘कानुन मन्त्रीले श्रीलंकाको मुस्लिम धार्मिक गुरुहरुको प्रमुख संस्था आईसीजेयूका अधिकारीहरुसँग सल्लाह र सुझाव लिएर एक मस्यौदा तयार गर्नुपर्छ ।’ प्रधानमन्त्री सिरिसेनाले भनेका छन् । तर आईसीजेयूले भने एक प्रस्ताव पास गर्दै सरकारसँग अनुहार ढाक्ने कपडामाथि प्रतिबन्ध लगाउन अपिल गरेका छन् । 

'इस्टर' को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ । राष्ट्रपतिले नेशनल तौहीत जमात र जमियत मिल्लत इब्राहीमजस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ । यी संगठनका बैंक खाता पनि फ्रिज गरिएको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…