२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम आक्रमण पछि श्रीलंकामा अनुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध

२०७६, १६ बैशाख सोमबार ०७:५७

बैशाख १६, काठमाण्डाै – गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ । ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए । 

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो आपतकालीन कमद उठाएको जानकारी दिए । सोमबारबाट लागू हुने यो प्रतिबन्धले मुस्लिम महिलाहरुले लगाउने बुर्कामा भने कुनै असर गर्ने छैन । 

पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार, श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीसँग यसबारेमा एक मस्यौदा तयार गर्नका लागि भनेका छन् । 

‘कानुन मन्त्रीले श्रीलंकाको मुस्लिम धार्मिक गुरुहरुको प्रमुख संस्था आईसीजेयूका अधिकारीहरुसँग सल्लाह र सुझाव लिएर एक मस्यौदा तयार गर्नुपर्छ ।’ प्रधानमन्त्री सिरिसेनाले भनेका छन् । तर आईसीजेयूले भने एक प्रस्ताव पास गर्दै सरकारसँग अनुहार ढाक्ने कपडामाथि प्रतिबन्ध लगाउन अपिल गरेका छन् । 

'इस्टर' को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ । राष्ट्रपतिले नेशनल तौहीत जमात र जमियत मिल्लत इब्राहीमजस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ । यी संगठनका बैंक खाता पनि फ्रिज गरिएको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु