२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ वर्षीय बालकले गरे साढे एक वर्षीय बालकको हत्या !

२०७६, १७ बैशाख मंगलवार ०७:१८

बैशाख १७, काठमाडौं । दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । आपसी विवादका कारण एक आठ वर्षीय बालकले साढे एक वर्षीय शिशुको हत्या गरेका छन् ।  भारतीय मिडिया आजतकले लेखेको छ- ती अबोध बालकको गल्ती यो थियो कि उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाई धकेलेकी थिइन् । यही कुराको बदला लिनका लागि आरोपी बच्चाले आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेले जसका कारण उनको टाउकोमा गम्भीर चोट लाग्यो र उनको मृत्यु भयो ।

निकै विचलित पारिदिने यो घटना दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकाको हो । पुलिसका अनुसार केही दिनअघि बच्चाहरु खेल्ने बेला सामान्य विवाद भएको थियो । खेल्ने क्रममा आठ वर्षका बालकलाई धक्का दिइएको थियो । यसै घटनापछि आरोपी बच्चा निकै रिसाएका थिए । मौका पाउने बित्तिकै उनले आफ्नो रिस आफूलाई धकेल्नेका साढे एक वर्षका भाइमाथि निकाले । उनले बच्चालाई बेस्सरी धकेले जसका कारण बच्चाको टाउको भुइँमा ठोक्कियो र उनको मृत्यु भयो ।

पुलिस उपायुक्त विजय कुमारका अनुसार पुलिसले शनिबार बिहान बच्चा हराइरहेको खबर पाएको थियो । प्राथमिक अनुसन्धानमा बच्चा साढे एक वर्षको भएको पत्ता लाग्यो । शुक्रबार राती ती बालक आफ्नो मान्डी गाउँस्थित घरको छतमा आफ्नी आमा र दिदीसँग सुतिरहेका थिए जहाँबाट उनी करिब राती एक बजेदेखि बिहान चारबजे बीच गायब भएका थिए ।

पुलिसका अनुसार यसैबीच नजिकैको घरमा भाडामा बस्ने अर्का एक बालक हराइरहेको जानकारी पाइयो । पछि शिशुको शव उनको घर नजिकैको नालीबाट भेटिएको हो । पुलिसका अनुसार उनको दाहिने आँखा, पेट र खुट्टामा घाउको निशाना थियो । उनको कानबाट रगत बगिरहेको थियो ।

पुलिसका अनुसार बच्चालाई शनिबार बिहान पक्राउ गरिएको थियो । अब पुलिसले उनलाई किशोर न्याय बोर्डमा पेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस