२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ वर्षीय बालकले गरे साढे एक वर्षीय बालकको हत्या !

१७ बैशाख २०७६, मंगलवार ०७:१८

बैशाख १७, काठमाडौं । दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । आपसी विवादका कारण एक आठ वर्षीय बालकले साढे एक वर्षीय शिशुको हत्या गरेका छन् ।  भारतीय मिडिया आजतकले लेखेको छ- ती अबोध बालकको गल्ती यो थियो कि उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाई धकेलेकी थिइन् । यही कुराको बदला लिनका लागि आरोपी बच्चाले आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेले जसका कारण उनको टाउकोमा गम्भीर चोट लाग्यो र उनको मृत्यु भयो ।

निकै विचलित पारिदिने यो घटना दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकाको हो । पुलिसका अनुसार केही दिनअघि बच्चाहरु खेल्ने बेला सामान्य विवाद भएको थियो । खेल्ने क्रममा आठ वर्षका बालकलाई धक्का दिइएको थियो । यसै घटनापछि आरोपी बच्चा निकै रिसाएका थिए । मौका पाउने बित्तिकै उनले आफ्नो रिस आफूलाई धकेल्नेका साढे एक वर्षका भाइमाथि निकाले । उनले बच्चालाई बेस्सरी धकेले जसका कारण बच्चाको टाउको भुइँमा ठोक्कियो र उनको मृत्यु भयो ।

पुलिस उपायुक्त विजय कुमारका अनुसार पुलिसले शनिबार बिहान बच्चा हराइरहेको खबर पाएको थियो । प्राथमिक अनुसन्धानमा बच्चा साढे एक वर्षको भएको पत्ता लाग्यो । शुक्रबार राती ती बालक आफ्नो मान्डी गाउँस्थित घरको छतमा आफ्नी आमा र दिदीसँग सुतिरहेका थिए जहाँबाट उनी करिब राती एक बजेदेखि बिहान चारबजे बीच गायब भएका थिए ।

पुलिसका अनुसार यसैबीच नजिकैको घरमा भाडामा बस्ने अर्का एक बालक हराइरहेको जानकारी पाइयो । पछि शिशुको शव उनको घर नजिकैको नालीबाट भेटिएको हो । पुलिसका अनुसार उनको दाहिने आँखा, पेट र खुट्टामा घाउको निशाना थियो । उनको कानबाट रगत बगिरहेको थियो ।

पुलिसका अनुसार बच्चालाई शनिबार बिहान पक्राउ गरिएको थियो । अब पुलिसले उनलाई किशोर न्याय बोर्डमा पेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…