२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी

१८ बैशाख २०७६, बुधबार १०:५७

बैशाख १८, कराकस | अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु भएको छ । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गर्नु भएको छ ।  

पोम्पेओले सीएनएनलाई दिनु भएको एक अन्तर्वार्ता विमानस्थलमा मडुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गर्नु भएको थियो । तर रुसले मडुरोलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताउनु भएको थियो । पोपेम्ओको यो भनाइ एक जोक मात्र भएको मडुरोको भनाई रहेको छ । 

विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका बताइएको छ ।

मडुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश रहेका छन् भने, ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन् ।

विपक्षी नेता ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नु भएको थियो । उहाँको सो घोषणालाई मडुरो अस्वीकार गर्नु भएको छ । 

मडुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्दै आउनु भएपछि ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ ।

क्युबाले ट्रम्पको चेतावनीलाई अस्विकार गर्ने 

यसैबीच क्युबाका राष्ट्रपति मिगेल डायाज कनेल अमेरिकाको चेतावनीलाई वास्ता नगरी भेनेजुएला सरकारको समर्थन गर्ने बताउनु भएको छ ।

भेनेजुएलाको समर्थन गरेमा क्युबामा अझै बढी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  चेतावनीको बावजूट पनि भेनेजुएलाको समर्थन गर्ने क्युबाले बताएको छ ।

  भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारले भेनेजुएलाको कानूनी सरकार भएको क्युबाका राष्ट्रपतिले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…