२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द

२०७६, १८ बैशाख बुधबार १५:३९

वैशाख १८, नयाँ दिल्ली (रासस/सिन्ह्वा) | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ । 

आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उहाँको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो । 

शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउनु भएका यादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ । 

गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो । 


उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (बीएसएफ)बाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ । 

उहाँले त्यतिबेला सेवाग्रहीलाई राम्रोसँग सेवा नदिएको जस्तो बुझिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

सीमा सुरक्षा बलमा रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेको पनि अधिकारीहरूले बताएका छन् । त्यतिबेला उहाँको छवि राम्रो नरहेको विवरणहरू सार्वजनिक भएका छन् । 

उम्मेदवारी रद्द भएपछि बुधबार उहाँले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताउनुभएको छ । षड्यन्त्रपूर्व तरिकाले आफ्नो उम्मेदवारी रद्द गरिएको यादवको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस