२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ दशक यताकै शक्तिशाली चक्रवात ‘फानी’: ३ जनाको मृत्यु, १ सय ६० जना घाइते

२१ बैशाख २०७६, शनिबार ०६:४८

बैशाख २१, नयाँदिल्ली । भीषण वर्षा तथा करिब २ सय २५ किलोमिटर प्रतिघण्टा वेगको हुरीसँगै आएको चक्रवात ‘फनी’ शुक्रबार बिहान भारतको उडिसा प्रान्तमा प्रवेश गरेको र त्यसले तटीय इलाकामा जनजीवन व्यापक प्रभावित पारेको छ। उक्त सामुद्रिक आँधीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको र करिब १ सय ६० जना घाइते भएको उडिसाका स्थानीय अधिकारीले जानकारी दिएका छन्।

उडिसामा विद्युत् आपूर्तिलगायत टेलिफोन तथा यातायात सेवा पूरै ध्वस्त भएका छन्। विभिन्न इलाकामा रूख तथा पोलहरू ढलेका छन् भने कयौं ठाउँ डुबानमा परेको र प्रायः झुपडीहरु तहसनहस भएका छन्।

चक्रवातका कारण तटीय क्षेत्रबाट करिब १२ लाख नागरिकलाई सुरक्षित स्थानमा पुर्याइएका छन्। अहिलेसम्म क्षतिको अनुमान हुन सकेको छैन। यद्यपि चक्रवातको हावाको वेग कमजोर हुँदै गइरहेको मौसमविद्ले जानकारी दिएका छन्। यो भारतमा आएका सामुद्रिक चक्रवातमध्ये तीन दशक यताको सबैभन्दा शक्तिशाली भएको जनाइएको छ।

उक्त चक्रवात शुक्रबार बिहान करिब ८ बजे उडिसाको पुरीमा पुगेको थियो। यो शुरूआतमा १ सय ७५ किलोमिटर प्रतिघण्टा हावाको वेगसहित प्रवेश गरेको र २ सय ४५ किलोमिटर प्रतिघण्टा वेगसम्म पुगेको बताइएको छ। चक्रवात पुग्ने क्रमको प्रक्रिया पूरा हुन करिब ३ घण्टा लागेको मौसम विभागले जनाएको छ। फनी चक्रवातका कारण उडिसाको बिजु पटनायक इन्टरनेसनल एयरपोर्टलाई पनि ठूलो क्षति पुर्याएको छ। चक्रवातको मार्गमा पर्ने जोखिमपूर्ण तटीय इलाकाबाट करिब १२ लाख नागरिकलाई सुरक्षित स्थान सारिसकेका छन्।

यसमा करिब ११ लाखलाई बिहीबार नै सुरक्षित स्थानमा पुर्याइएका थिए। करिब १० हजार गाउँ र ५२ शहरी इलाकाबाट उनीहरुलाई स्थानान्तरण गरिएको हो। चक्रवातका लागि ८ सय ८० केन्द्र बनाइएको र करिब ११ लाख नागरिक ४ हजार शिविरमा आश्रय लिइरहेको बताइएको छ।

राजधानी भुवनेश्वरमा करिब १ सय ४० किलोमिटर प्रतिघण्टा वेगले हावाहुरी चलेको मौसम विभागका अधिकारीहरुले बताए। भुवनेश्वरमा कयौं स्थानमा रूख ढलेको र जनजीवन प्रभावित भएको प्रहरी बताए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…