२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४३ जना यात्रु सवार बिमान धावनमार्गमा चिप्लिएर नदीमा खस्यो

२१ बैशाख २०७६, शनिबार १७:३५

वैशाख २१, मियामी (रासस-एएफपी) | संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन् ।

बिमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन् । केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो ।

यो चार्टर्ड बिमानको सञ्चालन मियामी एयर इन्टरनेसनलले गरेको थियो । उक्त बिमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो । 

बिमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सिएनएनसँग बिमान जमिनमा बेस्सरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताउनुभयो । उहाँले आफूहरु पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताउनुभयो । उहाँले एकछिन त बिमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाउनुभयो ।

उहाँले नदीमा बिमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि बताउनुभयो । 

ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकेत क्याप्टेन मिसेल कोन्नोरले बिमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार नै भएको प्रतिक्रिया दिनुभयो ।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो । अमेरिकी बिमान कम्पनी बोइङ पछिल्ला दिनहरुमा ७३७ म्याक्स सिरिजका बिमानहरु दुर्घटनाका कारण ठूलो सङ्कटमा छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…