२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाजाबाट २०० वटा रकेट हमला, जवाफी कारवाहीमा इजराइलले हमासका १२० स्थानलाई निशाना बनायो

२०७६, २२ बैशाख आईतवार ०७:५२

वैशाख २२, जेरुसेलम | गाजाबाट हमास आतंककारीहरुले शनिवार राति इजराइलमा २०० रकेट प्रहार गरेका छन् । जवाफी कारवाहीमा इजराइलले हमास संगठनका १२० स्थानलाई निशाना बनाएको छ । इजराइलको कारवाहीमा एक गर्भवती र उसकी १४ महिनाकि छोरीको समेत मृत्यु भएको छ । गाजाबाट भएको हमला पछी इजराइल र प्यालेस्टाईनबीच तनाव बढ्ने आशंका गरिएको छ ।

हमास आतंकी संगठनद्वारा गाजापट्टी कब्जामा छ । हमास इजराइलबाट युद्धविराममा थप छूट चाहन्छन् । इजराइलले भनेको छ कि ‘‘प्यालेस्टाइनको तर्फबाट २०० रकेट प्रहार भएको छ । यिनीहरुलाई सिध्याउनको लागि हाम्रो एयर डिफेन्सले पनि केहि मिसाइल प्रहार गरेको छ ।’’

इजराइली सेनाका अनुसार इजरायलले रकेट हमलाको जवाबी कारवाहीमा आतंककारी स्थानलाई निशाना बनाएको छ । सेनाका प्रवक्ता जोनाथन कोनरिकसका अनुसार- इस्लामिक जिहाद संगठनले एक सुरङको पनि निशाना बनाएको छ । यो सुरुङ दक्षिणी गाजादेखि इजराइलसम्म आउँछ । इस्लामिक जिहादलाई हमासको सहयोगी मानिएको छ ।


कोनरिकसले अगाडी भने अनुसार आउने समयमा इज्रायली सेनाले आक्रामक कारवाही जारी राख्नेछ । वायुसेनाको मद्दत लिईनेछ । तर निशानामा सैन्य स्थानहरु नै रहनेछ ।

उता, गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ईजराइलले १४ महीनाको बच्ची र उसकी गर्भवती आमाको मृत्यु इजरायली कारवाहीको कारण भएको छ । त्यस्तै १७ अन्य घाईते भएका छन् । यस बिषयमा इजराइलको सैन्य प्रवक्ताले भनेका छन् ' हामीलाई कुनै बच्ची मारेको सूचना छैन । सेनाले केवल सैन्य स्थानमा आक्रमण गरेको हो ।'

इजराइलमाथि रकेट प्रहार गरेको जिम्मेवारी इस्लामिक जिहादले लिएको छ । साथै उनले भनेको छ कि जरूरत परेमा थप हमला गरिनेछ । जिहादका सशस्त्र समूहले एक भिडियो पनि जारी गरेको छ जसमा इजराइलको तेलअवीव सँगै रहेको बेन गुरियन अन्तरराष्ट्रीय हवाई अड्डा सहित अन्य स्थानमा आक्रमण गर्ने कुरा गरेको छ ।


इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेना प्रमुखसँग आक्रमणको बिषयलाई लिएर कुरा गरेका छन् । यूरोपीय यूनियन (ईयू) ले गाजाबाट तुरन्त आक्रमण रोक्न अपिल गरेको छ ।

हालसम्म इजराइल र प्यालेस्टाइन बीच गाजालाई लिएर २००८ देखि तीन पटक युद्ध भई सकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?