२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाजपा नेताको हत्या

२०७६, २२ बैशाख आईतवार ०९:०१

वैशाख २२, श्रीनगर, भारत नियन्त्रित काश्मिर (रासस/सिन्ह्वा) | अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । 

भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उहाँमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उहाँ अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष हुनुहुन्थ्यो । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ । 

“राती अवेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाईयो,” एक प्रहरी अधिकारीहरुले सिन्ह्वासँग भने । 

आक्रमणपछि सख्त घाइते हुनुभएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि उहाँको बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस