२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सबैभन्दा धेरै सुन भएका १० देशहरु, पहिलो नम्बरमा कुन ? हेर्नुहोस्

२५ बैशाख २०७६, बुधबार ०८:०९

काठमाडौं | सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन्ः

१. अमेरिका : यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ ।

२. जर्मनी : सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ । जर्मनी सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।

३.इटाली : सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा रहेको इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।

४. फ्रान्स : ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।

५. चीन : छिमेकी मुलक चीन विश्वमा सबैभन्दा धेरै सुन रहेको मुलुकको पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७६२ टन सुन रहेको छ ।

६. रुस : क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।

७. स्विजरल्याण्ड : युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ ।

८. जापान : आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो ।

९. नेदरल्याण्ड : ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो । जहाँ ६१२ टन सुन रहेको छ ।

१०. भारत : ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…