२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा बम बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लियो

२०७६, २६ बैशाख बिहीबार ०९:२१

वैशाख २६, लाहोर | पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ ।

उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ । 

लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका थिए ।  

यस बिस्फोटको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । यहाँको एक मस्जिदभित्र महिला प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको थियो । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । त्यस समयको उक्त आक्रमणमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको थियो ।

इस्लामिक लडाकूले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

तर कडा सुरक्षाकाबीच पनि हिंसात्मक हमलाहरु जारी रहेका छन् । ती हमलाहरुका कारण नागरिकको ज्यान गइरहेका समाचारहरु आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न