२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरी अफगानिस्तानमा सात प्रहरीको हत्या

२७ बैशाख २०७६, शुक्रबार ०६:५८

बैशाख २७, शिबरघान । अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिनुभयो ।

उहाँले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको बताउनुभयो । 

छिमेकी क्वुस टेपा जिल्लामा सात जना तालिबानीको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । दुई दिनदेखि जारी भिडन्तका क्रममा सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि प्रवक्ता अनिखले बताउनुभयो ।

अफगानिस्तानका मुख्य शहरी इलाका र ३४ वटै प्रान्तीय राजधानीहरु सरकारी फौजको नियन्त्रणमा रहे पनि अधिकाँश भूभागमा तालिबानी समूहको कब्जा रहेको छ । अमेरिकी प्रतिनिधिसँग कतारमा प्रत्यक्ष वार्ता गरिरहेको तालिबान समूहले गत अप्रिलदेखि देशैभर व्यापक आक्रामक कारबाही गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…