२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतारिने

२०७६, ३१ बैशाख मंगलवार ११:३०

वैशाख ३१, क्यालिफोर्निया | अमेरिकाको अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने संस्था नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एजेन्सी) ले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने भएको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रयान 'आर्टेमिस' पठाउन तयारी गरिरहेको मंगलबार बिहान घोषणा गरेको हो। नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जनाएको छ। नासाले पहिलो अमेरिकी महिला चन्द्रमामा पठाउने अभियानको नाम 'मुन २०२४' राखेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई महिलासहितको अभियान चन्द्रमामा पठाउनलगायत अन्तरिक्ष अनुसन्धानका लागि आज बजेट थपिदिएपछि नासाले अभियानको घोषणा गरेको हो । 


राष्ट्रपति ट्रम्पले सन् २०२० को बजेटमा मानवसहितको चन्द्र अभियान 'मुन २०२४' का लागि नासालाई १ अर्ब ५० करोड अमेरिकी डलर थपिदिएको नासाका अधिकारी जिम ब्राइडेन्स्टाइनले जानकारी दिएका छन्।उनका अनुसार उक्त रकम चन्द्र अभियानको प्रणाली डिजाइन, विकास र अनुसन्धान र चन्द्रमाका ध्रुवीय क्षेत्रको अनुसन्धानका लागि दिइएको हो।

नासाले अपोलोकी जुम्ल्याहा बहिनी तथा चन्द्रमाकी देवीको नामबाट महिलासहित चन्द्रमा पठाइने यानको नाम आर्टेमिस राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस