२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतारिने

३१ बैशाख २०७६, मंगलवार ११:३०

वैशाख ३१, क्यालिफोर्निया | अमेरिकाको अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने संस्था नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एजेन्सी) ले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने भएको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रयान 'आर्टेमिस' पठाउन तयारी गरिरहेको मंगलबार बिहान घोषणा गरेको हो। नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जनाएको छ। नासाले पहिलो अमेरिकी महिला चन्द्रमामा पठाउने अभियानको नाम 'मुन २०२४' राखेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई महिलासहितको अभियान चन्द्रमामा पठाउनलगायत अन्तरिक्ष अनुसन्धानका लागि आज बजेट थपिदिएपछि नासाले अभियानको घोषणा गरेको हो । 


राष्ट्रपति ट्रम्पले सन् २०२० को बजेटमा मानवसहितको चन्द्र अभियान 'मुन २०२४' का लागि नासालाई १ अर्ब ५० करोड अमेरिकी डलर थपिदिएको नासाका अधिकारी जिम ब्राइडेन्स्टाइनले जानकारी दिएका छन्।उनका अनुसार उक्त रकम चन्द्र अभियानको प्रणाली डिजाइन, विकास र अनुसन्धान र चन्द्रमाका ध्रुवीय क्षेत्रको अनुसन्धानका लागि दिइएको हो।

नासाले अपोलोकी जुम्ल्याहा बहिनी तथा चन्द्रमाकी देवीको नामबाट महिलासहित चन्द्रमा पठाइने यानको नाम आर्टेमिस राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…