२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोको हराम लडाकूद्धारा दश माझी मारिए

२०७६, ४ जेष्ठ शनिबार ०७:५८

जेठ ४, काठमाडौँ | नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा दश जना माझीको हत्या गरेका छन् ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरुले जनाएका छन् ।  

ती लडाकूहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको जनाइएको छ । उनीहरुलाई मैदुगुरीदेखि चार किलोमिटर टाढा रहेको अलौडाममा मारिएका हुन । 

राजधानी बोर्नोस्थित आपत व्यवस्थापन कार्यालयका प्रमुख बेल्लो डानबाट्टाले मारिएका माझी मध्ये अधिकांश छिमेकी गाउँ कोन्डुगाका रहेको जानकारी दिनुभयो । 

लेक चाद बासिनेका अध्यक्ष अबुबाकर गामान्दीले माझीहरु मारिएको पुष्टि गर्दै आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भएको बताउनु भयो । 

बोको हरामका लडाकूहरुले सन् २००९ देखि अहिले सम्म २० हजार भन्दा बढी व्यक्तिको हत्या गरेका छन् भने अरु दशौँ लाख आ आफ्नो घरबाट विस्थापित भएका छन् । 

यो समूह नाइजेरियासहित चाद, नाइजर, उत्तरी कामरुनलगायतका देशमा पनि आतङक मच्चाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस