२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ

२७ जेष्ठ २०७६, सोमबार १५:४३

जेठ २७, इस्लामावाद (रासस/एएफपी) | पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

उहाँले भने आफुमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । हत्या गरिएका पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो ।  

उहाँलाई पक्राउ गर्ने बेलामा प्रहरी र उहाँका समर्थकहरुबीचमा केहीबेर सानो खालको झडप समेत भएको थियो । उहाँ पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ ।


पटक पटक विवादित बन्दै आउनुभएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो । 

पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला