२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी आक्रमणले यस क्षेत्रमै प्रभाव पर्ने इरानको चेतावनी

२०७६, ७ असार शनिबार १६:२३

असार ७, तेहरान (रासस/एएफपी) | वासिङ्टनबाट उसको हितका लागि तेहरानविरूद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ । 

“इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकहरूमा पनि प्रभाव पार्नेछ,” इरानी तासिम न्यूज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ ।

उहाँले भन्नुभयो, “आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ । यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगी, ले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाईको जवाफमा इरानी सेनाको उक्त प्रतिक्रिया आएको हो ।

मानवरहित अमेरिकी विमानलाई खसालेकोप्रति तेहरानले आफ्नो आकासमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेपछि विमान खसालिएको तेहरानको दावी छ । तर अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ र भनेको छ दुई मुलुकबीचको तनाव इरानले सामुद्रिक मार्ग भएर हिँडेका दुई तेल ट्याङ्करमाथिको ‘इरानी हमला’ पछि अमेरिकाले सुरक्षाका लागि सजक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार