२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प दुई दिने दक्षिण कोरियाको भ्रमण गर्दै

९ असार २०७६, सोमबार १०:५३

 असार ९, ऐजेन्सी  | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । 

ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लाग्नु भएको बताउनु भएको छ । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ ।  यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिनु भएको छ । 

  मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो । ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्नु भएको थियो । दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउनु हुने  जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस