२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र किमबीच भेटवार्ता हुदै

२०७६, १५ असार आईतवार ०७:१०

असार १५, ऐजेन्सी |  उत्तर कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच भेटवार्ता हुने बताउनु भएको छ ।

ट्रम्प र किमबीच दुई कोरियाको सिमा क्षेत्रमा पर्ने पान्मुन्जोम गाउँमा भेटवार्ता हुने तय भएको राष्टपति मुनले आइतबार जानकारी दिनु भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसमा भएको भेटवार्तापछि मुन र ट्रम्पद्धारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै जनाले किमसँग भेटवार्ता हुन लागेको पुष्टी गर्नुभएको हो । 

कोरियाली प्रायद्वीपका दुई राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियाकाबीचमा सन् १९५० देखि शुरु भएको भएको यद्धपछि सन् १९५३ मा दुई देशबीच सम्झौता भएपछि युद्व अन्त्य भएसँगै दुई कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो ।  

उत्तर र दक्षिण कोरियामा दुई देश विभाजन भएपछि उत्तर कोरियाको अमेरिकासँगको सम्वन्ध भने सत्रुतापूर्ण नै रहेको थियो । तर अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भइसकेपछि किमसँग दुई पटक बहुप्रचारित शिखर बैठक भइसकेका छन् । 

पहिलो बैठक अन्त्यन्त सकारात्मक भएपनि दोस्रो बैठक भने अपेक्षित नभएपछि फेरी दुई देशकाबीचमा अविश्वास बढिरहेका बेला अहिले यो भेटवार्ता हुन लागेको हो । ट्रम्प र किमबीच अहिले हुन लागेको भेटवार्ता ऐतिहासिक र अत्यन्त महत्वपूर्ण हुने दक्षिण कोरियाली राष्ट्रपति मुनले विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुको यो भेटवार्तालाई अनपेक्षित मानिएको छ । जी २० शिखर सम्मेलनका लागि जापान पुग्नुभएका ट्रम्प त्यतैबाट दक्षिण कोरिया आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस