२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र किमबीच भेटवार्ता हुदै

१५ असार २०७६, आईतवार ०७:१०

असार १५, ऐजेन्सी |  उत्तर कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच भेटवार्ता हुने बताउनु भएको छ ।

ट्रम्प र किमबीच दुई कोरियाको सिमा क्षेत्रमा पर्ने पान्मुन्जोम गाउँमा भेटवार्ता हुने तय भएको राष्टपति मुनले आइतबार जानकारी दिनु भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसमा भएको भेटवार्तापछि मुन र ट्रम्पद्धारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै जनाले किमसँग भेटवार्ता हुन लागेको पुष्टी गर्नुभएको हो । 

कोरियाली प्रायद्वीपका दुई राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियाकाबीचमा सन् १९५० देखि शुरु भएको भएको यद्धपछि सन् १९५३ मा दुई देशबीच सम्झौता भएपछि युद्व अन्त्य भएसँगै दुई कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो ।  

उत्तर र दक्षिण कोरियामा दुई देश विभाजन भएपछि उत्तर कोरियाको अमेरिकासँगको सम्वन्ध भने सत्रुतापूर्ण नै रहेको थियो । तर अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भइसकेपछि किमसँग दुई पटक बहुप्रचारित शिखर बैठक भइसकेका छन् । 

पहिलो बैठक अन्त्यन्त सकारात्मक भएपनि दोस्रो बैठक भने अपेक्षित नभएपछि फेरी दुई देशकाबीचमा अविश्वास बढिरहेका बेला अहिले यो भेटवार्ता हुन लागेको हो । ट्रम्प र किमबीच अहिले हुन लागेको भेटवार्ता ऐतिहासिक र अत्यन्त महत्वपूर्ण हुने दक्षिण कोरियाली राष्ट्रपति मुनले विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुको यो भेटवार्तालाई अनपेक्षित मानिएको छ । जी २० शिखर सम्मेलनका लागि जापान पुग्नुभएका ट्रम्प त्यतैबाट दक्षिण कोरिया आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस