२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ अर्ब भारतीय रुपैयाँ खर्च लगाएर गरे बिवाह, तीन सय क्वीन्टल फोहोर विसर्जन

१६ असार २०७६, सोमबार १०:०६

असार १६, एजेन्सी | भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिनुभयो । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताउनुभयो । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ । नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला