२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्टुनमा अमेरिकी राष्ट्रपति: कार्टूनिस्टलाई जागिरबाट निकालियो

२०७६, १७ असार मंगलवार १६:१३

असार १७ (ओटावा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्याक्सिको सीमा विवाद इंगित एक कार्टूनमा देखाएको कारण क्यानडाका कार्टूनिस्ट माइकल डी एडर जागिरबाट निस्कासित भएका छन् । सबै अखबारले उनको सेवा लिन बन्द गरिदिएका छन् । पछिल्लो बुधवार यो कार्टून भाइरल भएको थियो ।

कार्टुनमा म्याक्सिको-अमेरिका सीमामा नदीमा डुबेका एकजना बाबु र उसकी छोरीको शवसँगै ट्रम्पलाई हातमा गल्फ स्टिक लिएर उभिईरहेको देखाईएको थियो । कार्टुनमा राष्ट्रपतिले सोध्दै थिए कि, 'म यहाँ खेलें भने तपाइँलाई नराम्रो लाग्छ ?'

बुधवार डी एडरद्वारा उक्त कार्टुन सार्वजनिक गरिएको थियो । हफपोस्ट क्यानडाका अनुसार, कार्टूनमा अस्कर अल्बर्टे मार्टिनेज रामिरेज र उनको २३ महिनाकि छोरी व्यालेरियालाई निकै पीडादायक तश्वीरबाट प्रेरित छ । जुन तश्वीर अल सल्भाडोर छोडेपछि म्याक्सिकोदेखि अमेरिकामा प्रवेश गर्ने प्रयासमा नदी पार गर्दैगर्दा मारिएका थिए ।


यस कार्टूनले क्यानडा र अमेरिकाका जनताको ध्यान खिचिएको थियो । अभिनेता जर्ज टेकी र मार्क ह्यामिलले यसलाई ‘पुलित्जर पुरस्कार योग्य' बताएका छन् ।

डी एडरले शनिवार ट्विटरमा उक्त कार्टुनबारे पोस्ट गर्दै भनेका छन् कि – उनले ब्रन्सविक न्यूज इंकको स्वामित्वमा रहेको सबै अखबार, द म्यान्कटन टाइम्स ट्रान्सक्रिप्ट, फ्रेडरिक्टन डेली ग्लीनर, टेलीग्राफ-जर्नल र टेलीग्राफ जर्नल सेन्ट जन छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस