२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुम्रपानले हरेक दिन १७ जनाको मृत्यु

२०७६, १९ असार बिहीबार ०७:२४

असार १९, ऐजेन्सी | अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ ।अष्टे«लियाली नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ ।  

उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्वन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ । यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको हो । अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ । 

हरेक वर्ष रक्तबाहिनी सम्वन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा छ हजार चार सय बढीको मृत्यु धुम्रपानका कारण हुने गरेको अध्ययनले देखाएको छ । अध्ययनका क्रममा मुटुसम्वन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । 

अष्ट्रेलियामा अहिले धुम्रपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले बताउनु भयो । उनीहरुमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँच ओटा चुरोट पिउने गरेका पनि सो अनुसन्धानमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल