२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशालि भूकम्प

२० असार २०७६, शुक्रबार ०७:१०

असार २०, ऐजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । 

क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । 

अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ । गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन ।अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन् ।

क्यालिफोर्नियामा सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट क्यालिफोर्निया राज्यको दक्षिणी भूभागमा पर्दछ । करिब ६.६८ किलोमीटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको पत्ता लागेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।

क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । तर पनि क्षति भने दक्षिणी क्यालिफोर्नियामा बढी भएको अनुमान गरिएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको यहाँ भूकम्प गएको छ । 

भूकम्पपछि यहाँका केही स्थानमा आगलागी भएको पनि अधिकारीहरुले जनाएका छन् । तर ठूलो सङ्ख्याका उद्वारकर्मीहरु उद्वारको काममा खटिसकेका बताइएको छ । प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर  अस्पतालसम्म पु¥याइएको जनाइएको छ । 

भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट यहाँको बाक्लो आवादी रहेको क्षेत्रभन्दा धेरै नै पर रहेकोले क्षति कम भएको अनुमान गरिएको केही अधिकारीहरुको भनाई छ । क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति खराब नरहेको, नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ । भूकम्पलगत्तै उहाँले गर्नुभएको ट्वीटमा यस्तो बताउनुभएको हो ।

यहाँका भौगर्भिक अधिकारीहरुले भूकम्पपछि निरन्तर परकम्प गइरहेको जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले पराकम्पहरु गइरहेको भन्दै अरु पनि कैयौँ परकम्प जानसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु