२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

२०७६, २० असार शुक्रबार ११:१३

असार २०, ऐजेन्सी | अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाउनुभएको छ ।

उहाँले ट्वीटर सन्देशमार्फत  भन्नुभयो, “संयुक्त राज्य अमेरिकालाई एकतर्फीरूपमा क्युवाका अधिकारलाई बञ्चित गर्दै भेनेजुयलासँगको व्यापारिक गतिविधिलाई रोक्ने अधिकार छैनन् । नयाँ प्रतिबन्ध व्यापार नियमन तथा सार्वभौम मुलुकको सम्बन्धबारे अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।” 

अमेरिकी अर्थमन्त्रालयले बुधबार क्युवाको सरकारी कम्पनी क्युवामेटेल्सलगायतका सङ्घसंस्था तथा व्यक्तिमाथि भेनेजुयलासँगको व्यापारिक कारोबारमा संलग्न हुन नपाउने गरी नयाँ प्रतिबन्धको घोषणा गरेको थियो ।

भेनेजुयला तथा क्युवामाथि आर्थिक दबाब सिर्जना गर्न विभिन्न रणनीति अपनाउँदै आएको अमेरिकाले हवानाले भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गरेको र यसले भेनेजुयलालाई आर्थिक सहजता हुँदा सत्तासीन निकोलस मदुरोलाई सहयोग पुगेको निष्कर्षसहित नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।

 अमेरिकी प्रतिबन्धका बाबजुद  हवानाले काराकासलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गत मार्चमा २१० क्युवाली अधिकारी, उत्पादन र संस्थामाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित संस्थामा सरकारी होटल तथा कम्पनीदेखि नीति होटल र व्यावसायिक केन्द्रहरूसमेत रहेका छन् ।

प्रतिबन्धित सामानहरू वा संस्था वा व्यक्तिको सम्पत्तिलाई अमेरिकामा जफत गर्ने र कारोवारमा रोक्का गर्ने घोषणा गरिएको थियो । पुनः वासिङ्टनले क्युवाका लागि इन्धन बोक्ने भेनेजुयलाको राज्य सञ्चालित तेल कम्पनी पिडीभीएसएका ३४ ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस