२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

२० असार २०७६, शुक्रबार ११:१३

असार २०, ऐजेन्सी | अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाउनुभएको छ ।

उहाँले ट्वीटर सन्देशमार्फत  भन्नुभयो, “संयुक्त राज्य अमेरिकालाई एकतर्फीरूपमा क्युवाका अधिकारलाई बञ्चित गर्दै भेनेजुयलासँगको व्यापारिक गतिविधिलाई रोक्ने अधिकार छैनन् । नयाँ प्रतिबन्ध व्यापार नियमन तथा सार्वभौम मुलुकको सम्बन्धबारे अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।” 

अमेरिकी अर्थमन्त्रालयले बुधबार क्युवाको सरकारी कम्पनी क्युवामेटेल्सलगायतका सङ्घसंस्था तथा व्यक्तिमाथि भेनेजुयलासँगको व्यापारिक कारोबारमा संलग्न हुन नपाउने गरी नयाँ प्रतिबन्धको घोषणा गरेको थियो ।

भेनेजुयला तथा क्युवामाथि आर्थिक दबाब सिर्जना गर्न विभिन्न रणनीति अपनाउँदै आएको अमेरिकाले हवानाले भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गरेको र यसले भेनेजुयलालाई आर्थिक सहजता हुँदा सत्तासीन निकोलस मदुरोलाई सहयोग पुगेको निष्कर्षसहित नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।

 अमेरिकी प्रतिबन्धका बाबजुद  हवानाले काराकासलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गत मार्चमा २१० क्युवाली अधिकारी, उत्पादन र संस्थामाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित संस्थामा सरकारी होटल तथा कम्पनीदेखि नीति होटल र व्यावसायिक केन्द्रहरूसमेत रहेका छन् ।

प्रतिबन्धित सामानहरू वा संस्था वा व्यक्तिको सम्पत्तिलाई अमेरिकामा जफत गर्ने र कारोवारमा रोक्का गर्ने घोषणा गरिएको थियो । पुनः वासिङ्टनले क्युवाका लागि इन्धन बोक्ने भेनेजुयलाको राज्य सञ्चालित तेल कम्पनी पिडीभीएसएका ३४ ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु