२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

२४ असार २०७६, मंगलवार १०:१९

असार २४, काठमाडौँ | अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो ।

उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका पुर्वमन्त्री बेर्कात अहिले ७१ बर्षको हुनुहुन्छ । गलत शासन र अनियमितताको आरोप लागेको छ । 

पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बन्नुभएको थियो । यसअघि गत आइतबार त्यही मन्त्रालयका अर्का पूर्वमन्त्री डिजामेल औल्ड अब्बेसलाई पनि यस्तै मुद्दामा जेल सजायको फैसला भएको थियो । 

यी बाहेक दुई पूर्व प्रधानमन्त्री अब्डेल्मालेक सेल्लाल र अहमद औयाहीयासहित केही उच्च सरकारी अधिकारीहरूलाई पनि भ्रष्टाचारको अभियोगमा यसअघि नै जेल चलान गरिसकिएको छ । लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि भ्रष्टाचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै भ्रष्टाचारी ठह¥याउदै जेल जलान गर्दै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु