२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिआरआई सम्झौता अनुमोदन

२५ असार २०७६, बुधबार ११:४३

असार २५, ऐजेन्सी  | अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो ।

बिआरआई सम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले हस्ताक्षर गर्नुभएको र त्यसलाई सरकारी राजपत्रमा प्रकाशन गरिएको छ ।

राष्ट्रपतिको आदेशमा अल्जेरिया र चीनले पूर्वाधारका क्षेत्रमा पारस्परिक लाभ तथा दुबै पक्षबीच सहमति भएका अन्य क्षेत्रमा आपसी सहयोगलाई बढावा दिइने उल्लेख छ । 

सन् २०१८ को सेप्टेम्बर ४ मा बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहयोग मञ्चको बैठकका अवसरमा अल्जेरिया र चीनबीच बिआरआईमा सहभागी हुनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सन् २०१३ मा चीनले प्रस्ताव गरेको बिआरआईले सिल्करोड आर्थिक क्षेत्र तथा एक्काइसौं शताब्दीको म्यारिटाइम सिल्करोडलाई समेट्छ । यस कार्यक्रम मार्फत एसियासँग युरोप, अफ्रिका र अन्य क्षेत्रलाई जोडेर व्यापारलाई बढावा दिने तथा पूर्वाधारको विशाल सञ्जाल निर्माण गरिनेछ ।

अल्जेरियाले हाल विशाल पूर्वाधार परियोजनाहरु निर्माण गरिरहेको र त्यसलाई बिआरआई कार्यक्रममा समावेश गर्न प्रयास गरिरहेको छ । 

विगत छ वर्षदेखि नै अल्जेरिया चीनको प्रमुख आर्थिक साझेदार रहिआएको छ । दुबै मुलुकबीच करिब ९ अर्ब डलरको वार्षिक व्यापार हुने गरेको छ ।सन् २००९ को पहिलो पाँच महिनामा चीनले करिब ३ अर्ब ५० करोड डलर बराबरका सामग्री अल्जेरिया निकासी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु