२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव : इमरान खान

२०७६, ६ श्रावण सोमबार ११:४७

साउन ६, (रासस-एएनआई)  | अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री खानले भन्नुभयो–“मलाई कसैले तालिबान खान पनि भने । मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ । म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु ।”

अफगानिस्तान र पाकिस्तानमा अति सक्रिय तालिबानका प्रति नरम व्यवहार गरेको भन्दै प्रधानमन्त्री खानलाई कतिपयले “तालिबान खान”को उपमा दिने गरेका छन् । प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोमबार ह्वाइट हाउसमा भेट्दै हुनुहुन्छ । उहाँका साथ पाकिस्तानी सेनाप्रमुख कमार जाभेद बज्वा र गुप्तचर निकायका प्रमुख फैज हमिद पनि रहनु भएको छ । 

अफगानिस्तानमा विगत दुई दशकदेखि भिषण गृहयुद्ध जारी छ । युद्धबाट ध्वस्त भएको अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी नेतृत्वमा अफगानिस्तानी शान्ति प्रक्रिया प्रारम्भ भएको छ । अफगानिस्तानी शान्ति प्रक्रियामा पाकिस्तान समेत सहभागी छ ।

गल्फ न्यूजका अनुसार वासिङ्टनस्थित वान एरेना रंगशालामा प्रधानमन्त्री खानलाई स्वागत गर्न अमेरिका निवासी करिब ३० हजार पाकिस्तानी नागरिक र डायस्पोरा भेला भएका थिए । अमेरिकी–पाकिस्तानी समुदायको सबैभन्दा ठूलो भेलालाई प्रधानमन्त्री खानले पहिलो पटक सम्बोधन गर्नुभएको हो । 

यहीबीच, पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीले पाकिस्तानले शान्ति र स्थायित्वका लागि सबैसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ । उहाँले आतंकवादसँग पाकिस्तानले निरन्तर जुधिरहेको पनि बताउनुभयो ।

अमेरिकाको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री खानले आइतबार विश्व बैंकका अध्यक्ष डेभिड माल्पाससँग वासिङ्टन डिसीमा भेटवार्ता गर्नुभयो । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेसी तथा प्रधानमन्त्री खानका बाणिज्य सल्लाहकार अब्दुल रजाक दाउद, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हाफीज शेख पनि उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न