२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

९ श्रावण २०७६, बिहीबार ०७:५१

साउन ९, एजेन्सी  | उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताउनुभएको छ । दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले गरेको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ । पहिलो क्षेप्यास्त्र करिब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरुको विश्लेषण छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने  विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो ।

विश्लेषकहरुले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् । गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनालाई सामान्य रुपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने बताउनुभएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अबरुद्ध रहेको वार्ता मध्य जुलाईमा शुरु हुनसक्ने यसअघि बताउनुभएको थियो तर गत साता उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस