२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु

२०७६, १३ श्रावण सोमबार ११:०१

१३ साउन (रासस-एएफपी) | अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ ।  

सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए । आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो । स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे  सालेहको ‘ग्रीन ट्रेन्ड’कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ । 

विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,”अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताउनुभयो । सोमबार बिहान प्राप्त समाचारमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ । मारिनेमा चार जना प्रहरी र १६ जना गैर सैनिक नागरिक रहेका छन् । राति भएको सो आक्रमणमा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको र उनीहरुमध्ये कतिपयको प्रहरी कारबाहीमा परी ज्यान गएको थियो । 

उक्त आक्रमणबाट ४३ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । आक्रमणकारीहरु मध्येबाट चार जनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ ।  सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उहाँले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको अफगानिस्तानमा आइतबारबाट राष्ट्रपतीय निर्वाचनको अभियान सुरु भएको छ । सालेह पनि सो निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस