२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनबाट आयातहुने सामाग्रीमा थप शुल्क लगाउने ट्रम्पको घोषणासंगै आइफोन प्रभावित हुने

२०७६, १७ श्रावण शुक्रबार ०५:४२

 साउन १७, एजेन्सी | आगामी सेप्टेम्बर महिनाको १ तारिख देखि चीनबाट अमेरिका भित्रिने  ३ खर्ब अमेरिकी डलर मूल्य बराबरका चिनीयाँ सामग्रीमाअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप शुल्क लगाउने बताएका छन् । उनले आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘व्यापार वार्ता जारी छ, अमेरिकाले सेप्टेम्बर महिनाको १ तारिखदेखि चीनबाट हाम्रो देशमा आउने गरेको ३ खर्ब अमेरिकी डलरका सामग्रीमा १० प्रतिशत शुल्क थप हुन्छ ।’

सिएनएनका अनुसार केही दिन अघि संवाददातासँग ह्वाइट हाउसमा उनले २५ प्रतिशतसम्म आर्थात् त्योभन्दा माथि पनि शुल्क लगाउने चेतावनी दिएका थिए । ‘१० प्रतिशतबाट सुरु हुने शुल्क २५ प्रतिशतभन्दा माथि हुनेछ ।’ ट्रम्पले भने, ‘तर हामीलाई त्यस्तो गर्न आवश्यक नपरोस् ।’

नयाँ शुल्कले अमेरिकी उपभोक्तालाई पहिलेको भन्दा बढी समस्यामा पार्नेछ । यो शुल्क आइफोन र अन्य इलेक्ट्रोनिक्स तथा खेलौनालगायतका सामग्रीमा लाग्नेछ । गत वर्ष राष्ट्रपति ट्रम्पले २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ औद्योगिक सामग्रीलाई लक्षित गरी शुल्क थोपरेका थिए ।

‘हामीले धेरै अर्ब डलरका कुरा गरिरहेका छौँ, पक्का पनि हाम्रा उपभोक्तामा कुनै पनि प्रकारको मूल्यवृद्धि भएकोे छैन, यो चीनको लागत हो,’ राष्ट्रपति ट्रपको यो टिप्पणीबाट शुल्कका त्रासले चीनबाट कम्पनीहरु बाहिरहेका छन् । ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएपछि चीनको शाङ्घाईको ओभल कार्यालयको बैठकमा उसका व्यापार समूहलाई एक साताको प्रतिवेदन तयार गर्न भनिएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस