२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा इन्टरनेटको लतको कारण डेढ लाख युवामा मानसिक समस्या

१९ श्रावण २०७६, आईतवार ०७:०१

साउन १९, एजेन्सी |  एक अध्ययनका अनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वको अरु देशकोभन्दा तीव्र गतिको छ । त्यहाँका हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन् । तर, अहिले त्यहाँ इन्टरनेटको लत ठूलो समस्याको रुपमा देखा परेको छ ।

यसको लतका कारण युवा मानसिक र शारीरिक रुपमा अस्वस्थ बन्न थालेका छन् । इन्टरनेटको लत छुटाउन अहिले देशभर पुनःस्थापना केन्द्रहरु खोल्न परेको छ । त्यहाँ युवाहरुलाई इन्टरनेटको लत छुटाउन सहयोग गरिन्छ । त्यस्तै विद्यालयमा विशेष कार्यक्रमहरु पनि शुरु गरिएको छ ।

पछिल्लो वर्षको आधिकारिक तथ्याङ्कका अनुसार १ लाख ४० हजार युवा इन्टरनेटको लतको चपेटामा छन् । केही रिपोर्टका अनुसार यो संख्या अझ बढी पनि हुन सक्ने बताइएको छ । नेशनल हेल्थ सर्विसले यदि कुनै कुरामा व्यक्तिले नियन्त्रण गर्न सक्दैन भने त्यसलाई लत मानिने उल्लेख गरेको छ ।

इन्टरनेटको लतका कारण युवा मानसिक र शारीरिक र मानसिक रुपमा अस्वस्थ बन्न थालेका छन् । उनीहरु स–सानो कुरामा रिसाउने र उत्तेजित हुने गरेका छन् । यसरी व्यक्तिको व्यवहारमा पनि बदलाव देखिने गरेको छ ।  इन्टरनेटको लतका कारण उनीहरु सुत्ने र खानेजस्ता जरुरी कार्य पनि टार्न थालेका छन् ।

अहिले थुप्रै संख्यामा युवाहरु इन्टरनेटको लत छुटाउन क्याम्पहरुमा जाने गरेका छन् । क्याम्पमा युवाहरुलाई अनलाइनको दुनियाँबाट कसरी दुरी बनाउने भनेर सिकाइन्छ । मुजु शहरमा रहेको क्याम्पमा मात्र सन् २०१४ देखि १२ सय युवा क्याम्पमा लत छुटाउन आइसकेका छन् ।

इन्टरनेटको लत लागेका एक युवा भन्छन  ‘मलाई युट्युव हेर्ने नराम्रो लत लागेको थियो । म दैनिक १८ घण्टासम्म युट्युवमा बिताउँथे ।’ यसले उनी स–सानो कुराले उत्तेजित हुने र तनावमा रहन थालेका थिए । उनको पढाइ पनि प्रभावित हुन थालेको थियो । त्यसपछि उनले क्याम्पमा भर्ना हुने निधो गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य