२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले लगाएको नाकाबन्दीको विरोधस्वरुप भेनेजुएलाले वार्ता टोली नपठाउने

२३ श्रावण २०७६, बिहीबार ०८:२९

साउन २३, एजेन्सी | भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ । भेनेजुएला सरकारले अर्को चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो ।

भेनेजुएला सरकार र त्यहाँका विपक्षीहरुकाबीचको वार्ता बिहीबार र शुक्रबारका लागि तय भएको थियो । उक्त वार्ताका लागि आफूहरुले प्रतिनिधि नपठाउने निर्णय गरिएको भेनेजुएलाका सरकारी अधिकारीले जनाएका छन् । 

भेनेजुएलाको सरकारका वार्ता टोलीका प्रमुख जर्ज रोड्रिगुजले दिएको जानकारी अनुसार अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीको विरोधस्वरुप भेनेजुएला सरकारले सो वार्ता टोलीमा प्रतिनिधि नपठाउने निर्णय गरेको जानकारी दिए । 

बुधबार साँझ प्रकाशन भएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले नै सो निर्णय गर्नु भएको उक्त विज्ञप्तिमा जानकारी दिइएको हो । भेनेजुएलामा जारी राजनीतिक विवादको अन्त्यको पहलस्वरुप यहाँको सरकार र विपक्षी दलले गएको मे महिनादेखि वार्ता थालेका हुन् । मे महिनामा पहिलो वार्ता नर्वेको राजधानी ओश्लोमा भएको थियो । 

अर्को चरणको वार्ता बारबारडोसमा बिहीबार र शुक्रबार हुन लागेको थियो । तर सरकारले नै प्रतिनिधि नपठाएपछि सो वार्ता स्थगित हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस