२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले लगाएको नाकाबन्दीको विरोधस्वरुप भेनेजुएलाले वार्ता टोली नपठाउने

२०७६, २३ श्रावण बिहीबार ०८:२९

साउन २३, एजेन्सी | भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ । भेनेजुएला सरकारले अर्को चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो ।

भेनेजुएला सरकार र त्यहाँका विपक्षीहरुकाबीचको वार्ता बिहीबार र शुक्रबारका लागि तय भएको थियो । उक्त वार्ताका लागि आफूहरुले प्रतिनिधि नपठाउने निर्णय गरिएको भेनेजुएलाका सरकारी अधिकारीले जनाएका छन् । 

भेनेजुएलाको सरकारका वार्ता टोलीका प्रमुख जर्ज रोड्रिगुजले दिएको जानकारी अनुसार अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीको विरोधस्वरुप भेनेजुएला सरकारले सो वार्ता टोलीमा प्रतिनिधि नपठाउने निर्णय गरेको जानकारी दिए । 

बुधबार साँझ प्रकाशन भएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले नै सो निर्णय गर्नु भएको उक्त विज्ञप्तिमा जानकारी दिइएको हो । भेनेजुएलामा जारी राजनीतिक विवादको अन्त्यको पहलस्वरुप यहाँको सरकार र विपक्षी दलले गएको मे महिनादेखि वार्ता थालेका हुन् । मे महिनामा पहिलो वार्ता नर्वेको राजधानी ओश्लोमा भएको थियो । 

अर्को चरणको वार्ता बारबारडोसमा बिहीबार र शुक्रबार हुन लागेको थियो । तर सरकारले नै प्रतिनिधि नपठाएपछि सो वार्ता स्थगित हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस