२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार

२०७६, २४ श्रावण शुक्रबार ११:१३

साउन २४, एजेन्सी  | कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए | बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए।

प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए। सुमले भनेका छन्, 'मैले बाँच्छु भन्ने आशै गुमाइसकेको थिएँ। मसँग चक्कु थियो। मलाई आत्महत्या गरूँ झैं भएको थियो।'

सुमलाई मंगलबार उनकै साथीले फेला पारेका थिए। उनका साथी पनि कहिलेकाहीँ सुमसँग चमेराको विष्टा लिन जान्थे। कम्बोडियामा चमेराको विष्टालाई 'गुवानो' भनिन्छ र यसको प्रयोग मलका रूपमा धेरै हुन्छ। सुमका अनुसार उनका साथीले देखेपछि साँघुरो गुफाबाट घस्रिँदै उनीतिर आएका थिए। दुवै जना सानो ज्यानका भएकाले त्यहाँ छिर्न सके। पछि उद्धारकर्ताहरूले उनीहरूलाई फेला पारे। तर गुफा साँघुरो भएकाले सुमलाई निकाल्न गाह्रो भयो।

पछि गुफाका केही भागहरू भत्काएर उनलाई बाहिर निकालिएको हो। प्रहरीका अनुसार दस घन्टाको प्रयासपछि बुधबार सुमको उद्धार सफल भएको हो । अहिले स्थानीय अस्पतालमा सुमको उपचार भइरहेको छ। उनको टाउको, घुँडा र छातीमा चोट लागेको छ। सुम फसेको 'चकराइ' पहाडमा जान प्रहरीले रोक पनि लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न