२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किमले क्षेप्यास्त्र परीक्षणप्रति ‘सानो क्षमायाचना’ गरेको ट्रम्पको दावी

२५ श्रावण २०७६, शनिबार १५:०३

साउन २५, वासिङ्टन (रासस/एएफपी) | हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जङअनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । 

किमले अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता शुरूगर्ने बताएका पनि अमेरिकी राष्ट्रपतिले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमार्फत सम्प्रेषित सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाइएको हो । त्यस्तै ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत जानकारी गराएको सन्देशमा उल्लेख छ ।

ट्रम्पले भन्नुभएको छ, “मलाई किमले लेखेको चिठीमा उत्तर कोरियाली नेता किमले आफूले ट्रम्पसँग अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास सकिएलगत्तै छिट्टै भेट्न चाहेको र वार्ता शुरू गर्न चाहेको उल्लेख छ ।”

“पत्र लामो छ र यसमा धेरै बिषय बेतुकको र महङ्गो सैन्य अभ्यासको विरोधमा व्याख्या गरिएको छ । यो उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परिक्षण गरेकोमा एउटा सानो क्षमायाचना पनि हो । संयुक्त सैन्य अभ्यास रोकिएसँगै हतियार परीक्षण पनि रोकिनेछ,” ट्रम्पको सन्देशमा लेखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव