२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु

२०७६, २५ श्रावण शनिबार १५:१२

साउन २५, नयाँ दिल्ली (रासस/एएफपी) | भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् ।

बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ । केरलामा शनिबारपछि पनि बर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमानपछि केरलाका ग्रामिण वस्तीहरूमा सैनिकका विभिन्न समूहहरूलाई उद्धार इकाई बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टरहरूको पनि परिचालन गर्न सरकारले निर्देशन दिएको छ ।

“केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ । केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू पनि बाढीका कारण सडकहरू अवरूद्ध बन्दा बाढी प्रभावित क्षेत्रमा फसेका बताइएको छ,” प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपीलाई बताउनुभयो । 

केरलाको छिमेकी कर्नाटक राज्यमा पनि बर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने नौ जना वेपत्ता भएका छन् । भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि बार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन् । कर्नाटकमा विभिन्न ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस पुगेका बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले बर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन् । यस्तै गुजरातका अहमेदावाद र नादिआवादमा पनि बर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी छ ।

सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति आपतकालिन राहत केन्द्र (शिविर) मा पुगेका बताइएको छ । केरलाका करिब ८० स्थानमा बर्षापछि आएको बाढीका कारण पहिरो गएको बताइएको छ र त्यहाँ प्रहरी पुग्न सकेको छैन, प्रहरी प्रवक्ता प्रमोदकुमारले बताए ।

बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

यस्तै प्रतिपक्षी नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा समेत बाढी र पहिरोले जनजीवन प्रभावित बनेपछि सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहतका लागि थप सक्रियता देखाउन आग्रह गर्नुभएको छ । प्रहरी प्रवक्ता कका अनुसारमा एक स्थानमा करिब २०० जना फसेको सूचनापछि प्रहरीले उनीहरूसँग हेलिकोप्टरमार्फत पुग्ने प्रयास गरिरहेको छ । 

केरलामा गत बर्ष आएको बाढीमा कम्तीमा ५०० जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस