२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु

२५ श्रावण २०७६, शनिबार १५:१२

साउन २५, नयाँ दिल्ली (रासस/एएफपी) | भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् ।

बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ । केरलामा शनिबारपछि पनि बर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमानपछि केरलाका ग्रामिण वस्तीहरूमा सैनिकका विभिन्न समूहहरूलाई उद्धार इकाई बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टरहरूको पनि परिचालन गर्न सरकारले निर्देशन दिएको छ ।

“केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ । केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू पनि बाढीका कारण सडकहरू अवरूद्ध बन्दा बाढी प्रभावित क्षेत्रमा फसेका बताइएको छ,” प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपीलाई बताउनुभयो । 

केरलाको छिमेकी कर्नाटक राज्यमा पनि बर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने नौ जना वेपत्ता भएका छन् । भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि बार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन् । कर्नाटकमा विभिन्न ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस पुगेका बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले बर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन् । यस्तै गुजरातका अहमेदावाद र नादिआवादमा पनि बर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी छ ।

सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति आपतकालिन राहत केन्द्र (शिविर) मा पुगेका बताइएको छ । केरलाका करिब ८० स्थानमा बर्षापछि आएको बाढीका कारण पहिरो गएको बताइएको छ र त्यहाँ प्रहरी पुग्न सकेको छैन, प्रहरी प्रवक्ता प्रमोदकुमारले बताए ।

बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

यस्तै प्रतिपक्षी नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा समेत बाढी र पहिरोले जनजीवन प्रभावित बनेपछि सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहतका लागि थप सक्रियता देखाउन आग्रह गर्नुभएको छ । प्रहरी प्रवक्ता कका अनुसारमा एक स्थानमा करिब २०० जना फसेको सूचनापछि प्रहरीले उनीहरूसँग हेलिकोप्टरमार्फत पुग्ने प्रयास गरिरहेको छ । 

केरलामा गत बर्ष आएको बाढीमा कम्तीमा ५०० जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस