२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङ विमानस्थलमा भरिए प्रदर्शनकारी, सबै उडान रद्ध

२७ श्रावण २०७६, सोमबार १०:००

साउन २७, एजेन्सी  |हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारविरोधी प्रदर्शनकारी भरिएका छन्। सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएका छन्। प्रदर्शनकारीले यात्रुहरूलाई सुरक्षा जाँच गर्न अवरोध गरेका थिए। हङकङमा प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’मा लिएर उडान रद्ध गर्नु परेको यो पहिलो पटक हो।

प्रहरीले हान्दा एक जना महिला प्रदर्शनकारीको आँखामा चोट लागेको विरोधमा उनीहरू विमानस्थलभित्र पसेका हुन्। यसअघि पनि शुक्रबार प्रदर्शनकारी विमानस्थलभित्र गएका थिए। उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्डहरू आगन्तुकलाई दिएका थिए।

प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समूदायलाई हङकङको अवस्थाबारे जानकारी दिन यस्तो प्रदर्शन गरेको बताएका थिए। सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको हङकङको प्रदर्शन अझै मत्थर भएको छैन। पछिल्लो समय प्रहरीले केही प्रदर्शकारीलाई प्रक्राउ गरेपछि आन्दोलन चर्किन थालेको हो। आन्दोलन बढ्दै जाँदा प्रदर्शनकारीहरूले बेङजिङलाई नै चुनौती दिन थालेका छन्। केही दिनअघि उनीहरूले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमा तोडफोड गरिदिएका थिए। 

 चीनले हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने बताएको छ। ‘एक देश दुई व्यवस्था’ अनुसार स्वायत्त शासन चलाइरहेको हङकङमा प्रदर्शनकारीले  चीनको सम्पर्क कार्यालयमा आक्रमण गरेपछि बेइजिङले उक्त घटनाको निन्दा गर्दै नगरको सरकारले आग्रह गरे जनमुक्ति सेना हङकङमा परिचालन हुने बताएको हो। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वू छियानले आइतबारको आक्रमणले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेको बताए।

‘हङकङमा भइरहेको विकासक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं, विशेषगरि जुलाई २१ मा केन्द्रीय सरकारको सम्पर्क कार्यालयमा भएको हिंसात्मक आक्रमणलाई,’ वुले भने,‘प्रदर्शनकारीका केही व्यवहारले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेका छन्। जुन सह्य छैन।’

हङकङमा जनमुक्ति सेना अहिले पनि छ। तर सहरमा परिचालन हुन स्थानीय सरकारले बेइजिङलाई अनुरोध गर्नुपर्छ। हङकङको सरकारले ल्याएको विधेयकमा हङकङको कुनै अभियुक्तलाई चीन सरकारले चाहेमा मेनल्याण्ड चीनमा पठाउन सकिने व्यवस्था छ। हङकङवासीले उक्त व्यवस्थाबाट बेइजिङले आफ्ना विपक्षीलाई तारो बनाउने र चीनको न्याय व्यवस्था पारदर्शी नभएकाले न्याय नपाइने भन्दै विरोध गरिरहेकी छन्।

हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय भइसकेको बताएकी छन्। तर प्रदर्शनकारीले विधेयक फिर्ता लिनु पर्ने क्यामले राजीनामा दिनुपर्ने माग गरेर आन्दोलन जारी राखेका छन्। धेरैजसो युवाहरू सहभागी हुने आन्दोलनले बेलाबेलामा हिंसात्मक रूप लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य