२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ नियम सार्वजनिक भए सँगै अमेरिकामा ग्रीनकार्ड पाउन थप मुस्किल

२८ श्रावण २०७६, मंगलवार ०५:१८

साउन २८, एजेन्सी | कानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिसा अवधि बढाउन र स्थायी नागरिकता पाउन अर्थात् ग्रीन कार्डको प्रक्रिया डोनल्ड ट्रम्प प्रशासनले थप मुस्किल बनाउने भएको छ । यो परिवर्तनले सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म आश्रित हुने आप्रवासी प्रभावित हुनेछन् । सरकारले आप्रवासनसँग जोडिएका नयाँ नियमको घोषणा गरेको छ जसअनुसार ती आप्रवासीको निवेदन स्विकार गरिने छैन जसले भविष्यमा अमेरिकी सरकारको सेवा वा योजनामाथि आश्रित हुनसक्छन् ।

ह्वाइट हाउसले भनेको छ, ‘अमेरिकी नागरिकको हितको रक्षाका लागि देशमा आउने आप्रवासी आत्मनिर्भर हुन आवश्यक छ ।’ अधिकारीकाअनुसार यो नियमले ‘स्वावलम्बनको महत्व’ लाई थप प्रभावकारी बनाउनेछ ।ट्रम्प प्रशासनको नयाँ नियमको असर कम आम्दानी भएका नेपालीमा पनि पर्न सक्छ ।

अंग्रेजी जान्नैपर्नेः

अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मलेनमा यो नियमको घोषणा गरे । उनले भने, ‘ग्रीन कार्डका लागि निवेदकको आर्थिक स्थिती, शिक्षा, आयु र उनीहरुले  अंग्रेजी जानेको स्तरलाई आधार मानेर निर्णय लिइनेछ । कुनै एक मापदण्डलाई आधार मानेर यसबारे विचार गरिनेछैन । ’ सोमबार फेडरल रजिस्टरमा ‘पब्लिक चार्ज रुल’ नामको यो नयाँ नियम प्रकाशित भएको हो । नयाँ नियम यसै वर्ष १५ अक्टोबरदेखि लागू हुनेछ ।

नियमको असर क–कसलाई ?

ती आप्रवासी जसले पहिले नै अमेरिकी नागरिकता पाइसेकका छन्, उनीहरुलाई यसले कुनै असर पार्नेछैन । साथै शरणर्थी वा शरणार्थी शिविरमा बसिरहेकालाई पनि यो नियम लागू हुनेछैन । तर भिसा बढाउने सम्बन्धि दिइने निवेदन, ग्रीन कार्ड वा अमेरिकी नागरिकता पाउनका लागि दिइने आवेदनमा यो नियम लागू हुनेछ ।

यो नयाँ नियम अनुसार ती व्यक्ति जसको कमाई मापदण्ड अनुसार छैन वा जसले सरकारी मद्दत जस्तै खाद्य, अस्पताल वा सरकारी घरको आशा गर्छन् उनीहरुलाई भविष्यमा अमेरिकामा प्रवेशका लागि अनुमती पाउन मुश्किल हुनसक्छ ।

अहिलेको स्थितीमा अमेरिकामा बस्ने सरकारी सुविधामाथि निर्भर रहने आप्रवासीको निवेदन खारेज हुने सम्भावन अत्यधिक छ । एक अनुमानका अनुसार अमेरिकामा कानूनी रुपमा २.२ करोड मानिस छन् जोसँग त्यहाँको नागरिकता छैन । उनीहरुमाथि नयाँ नियमले असर पुर्याउने अनुमान गरिएको छ ।

यस्तै मानवाधिकार समूहले ट्रम्प प्रशासनको यो निर्णयको आलोचना गरेका छन् । उनीहरुका अनुसार यो नियम कम आय भएका आप्रवासीलाई रोक्ने कोसिस हो । नेशनल इमिग्रेशन ल सेन्टरले नयाँ नियम लागू हुनलाई रोक्नका लागि ट्रम्प प्रशासनविरुद्ध अदालतको ढोका ढक्ढकाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव