२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी प्रधानमन्त्री इमरान खान भन्छन : भारतलाई पाठ सिकाउने समय आयो

२०७६, ३० श्रावण बिहीबार ०९:४५

साउन ३०, एजेन्जी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रलाई सम्बोधन गर्दै जम्मू कश्मीरसम्बन्धी धारा ३७० अन्त्य गरेर नरेन्द्र मोदीको आफ्नो अन्तिम कार्ड प्रयोग गरेको बताएका छन् । 

उनले मोदीको कदमलाई हिटलरको कदमसँग तुलना गरे । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा कुनै कदम चाल्ने तयारीमा रहेको र युद्ध भएमा पाकिस्तान पूर्ण रुपमा तयार रहेको बताए । उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘इट्टाको जवाफ पथ्थरले दिने’ बताए । इमरानले भने ,‘नरेन्द्र मोदीले जुन कार्ड खेलेका छन् । यसले कश्मीर स्वतन्त्रताको नजिक लानेछ ।’ पाकिस्तानका प्रधानमन्त्रीले आफ्नो भाषणमा कयैन पटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिए र भारतमा हाल भइरहेको सबै कुरा आरएसएसले लिएको विचारधाराको कारण भइरहेको बताए । 

उनले आरएसएसको विचारधारा हिटलरको नाजी पार्टी समान भएको आरोप लगाए । पाकिस्तान भारतले जम्मू–कश्मीर राज्यलाई दिइरएको विशेष दर्जा खोसेर प्रदेशलाई दुई केन्द्र शासित प्रदेशमा विभाजित गरेपछि रुष्ट बनेको छ । उसले त्यसविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिइरहेको छ । 

बुधबार पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका थिए । पाकिस्तानले उक्त क्षेत्रलाई आजाद पाकिस्तान भन्ने गरेको छ । त्यस क्षेत्रमा उसले छुट्टै राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था पनि गरको छ । 

पाकिस्तानको प्रभाव भने भारतको शासनमा रहेको कश्मीरी भू–भागलाई एकीकरण नगरेसम्मको लागि रहेको बताइएको छ । इमरानलाई पाकिस्तान प्रशासित कश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा फारुक हैदरले स्वागत गरेका थिए । त्यहाँ उनलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो । 

पछि विधानसभालाई सम्बोधन गर्ने क्रममा उनले भारतप्रति आक्रोस पोखेका थिए । इमरानले मुख्यतः मोदी र उनले सानै उमेरदेखि प्रशिक्षण  लिएको आरएसएसको विचारधाराको आलोचना गरेका थिए । उनले भारतलाई पाठ सिकाउने बेला आएको पनि बताए । 

आरएसएसएस विचारधारा नाजी पार्टीबाट प्रभावित भएकाले त्यसले भारतको हिन्दूलाई सर्वश्रेष्ठ जाति मान्ने गरेको औल्याउने र त्यसबाहेकका अन्य अल्पसंख्यक समुदाय मुसलमान, शिख, दलित र आदीवासीलाई हेयको रुपमा हेरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस