२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको फिलाडेल्फियामा गोली हानाहान

३० श्रावण २०७६, बिहीबार १०:१५

साउन ३०, एजेन्सी | संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि समूहले भिडन्त नगरेको बताए । यसै महिनाको शुरुमा अमेरिकाकै ओहायो राज्यको डेटन र टेक्सास राज्यको एल पासोमा भएका गोलीकाण्डमा ३२ जनाको ज्यान गएको थियो ।

एक व्यक्तिले घरभित्रबाट प्रहरीमाथि लगातार गोली चलाएका थिए, तर प्रहरीले निकै प्रयासपछि ती व्यक्तिलाई पक्राउ गरेको थियो । फिलाडेल्फिया नगरका मेयर जीम केन्नीले प्रहरी विभागले सफलतापूर्वक कारबाही गरेकामा धन्यवाद दिएका छन् । एकै व्यक्तिले प्रहरीसँग घण्टौंसम्म भिड्न पुग्ने गरी गोली संकलन गरेकामा आश्चर्य व्यक्त गर्दै मेयर केन्नीले यो निकै खेदजनक छ भन्नुभयो । 

संयुक्तराज्य अमेरिकामा पछिल्ला वर्षहरुमा बन्दुकसँग सम्बन्धित हिंसा बढे पनि त्यसलाई नियमन गर्नेतर्फ पक्ष र विपक्षमा समाज र राजनीतिक क्षेत्र व्यापक रुपमा ध्रुवीकृत भएको छ । अमेरिकामा निकै शक्तिशाली मानिएको नेसनल राइफल एसोसिएसनले बन्दुक खरिदमा कडा नियम ल्याउने प्रस्तावलाई अस्वीकार गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस