२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मकै बारीमा प्लेन अवतरण गरेर २३३ यात्रुलाई जोगाएका पाइलट ‘हिरो अफ रसिया’ पुरस्कारबाट सम्मानित

१ भाद्र २०७६, आईतवार १०:२५

 भदौ १, एजेन्सी | मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका हवाईजहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन्। बिहीबार चराको बगालसँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई जोगाएका पाइलटलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ बाट सम्मानित भएका हुन्।

४१ वर्षका पाइलट दामिर युसुपोफले आफू नडराएको भएरमात्रै अकस्मात अवतरण सम्भव भएको बताएका छन्। प्लेन उडिसकेपछि एक इन्जिन बिग्रने बित्तिकै विमानस्थललाई घुमेर त्यहाँ अवतरण गर्ने उनले विचार गरेका थिए। तर दुवै इन्जिन बिग्रिएपछि उनीसँग कुनै विकल्प नभएको बताए। युरल एयराइनस्को ए ३२१को विमानमा २३३ जना सवारमध्ये एक यात्रीलाई मात्रै अस्पताल लगिएको थियो। राष्ट्रपति पुटिनले युसुपोफसँगै कोपाइलट २३ वर्षका जोर्जी मुर्जिनलाई पनि ‘हिरो अफ रसिया’को  मेडल प्रदान गरेका थिए।

अरु चालक दलका सदस्यलाई पनि रुसका शिर्ष पुरस्कारबाट सम्मानित गरिएको थियो। त्यस अवतरणपछि ७४ जनाले स्वास्थ्य जाँचको माग गरेका थिए। त्यसमध्ये २३ जनालाई अस्पताल लगिएको थियो र एक जना बाहेक अरु सबैलाई  डिस्चार्ज गरिएको थियो।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका पूर्वसदस्य जोन गोगलियाका अनुसार चरा र इन्जिन ठोक्किने समस्याको समाधान बाटो वर्षौंदेखि खोजिए हालसम्म भेटिएको छैन । मकैबारीमा ठूलो ढुंगा र रुख नभएको हुँदा अवतरणका लागि उत्कृष्ट ठाउँ रहेको गोगलियाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य