जेठ ९, एजेन्सी |&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, एजेन्सी |&"/>
२०८२, १९ चैत्र बिहीबार
विश्व

गाईको मासु भन्दै चीनले मानिसको मासु बेचेकोप्रति चर्को विरोध

२०७३, १३ जेष्ठ बिहीबार ०७:५२

जेठ ९, एजेन्सी | गाईको मासु भन्दै चीनले मानिसको मासु बिक्री गरेको भन्दै चीनको चर्को विरोध भएको छ । चीनले भने अन्तराष्ट्रिय तहमा विवाद सुरु भएपछि त्यसको खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले चीनले गाईको भनेर मानिसको मासु विक्री नगरेको भन्दै खण्डन गरेको हो । चीनमाथि अफ्रिकी देश जाम्बियामा गाईको भनेर मानिसको मासु बेचेको आरोप लागेको थियो।

जाम्बियाको एक ट्यावलोइट पत्रिकाले चीनकी एक महिलालाई उद्धृत गर्दै चीनले गाईको भन्दै मानिसको मासु बिक्री गरेको खुलासा गरेको थियो । जाम्बियाको सरकारले यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

उक्त पत्रिकामा छापिएको खबर अनुसार चिनियाँ कम्पनीले गाईको मासुको ब्रान्डमा मानिसको लाशबाट मासु झिक्दै त्यसमा विभिन्न मसला लगाएर प्याक गर्दै विक्री गर्ने गरेको उल्लेख गरिएको छ । पत्रिकामा यस्तो खबर छापिएपछि यो विषयमा अनुसन्धान भइरहेको जाम्बियाका रक्षामन्त्री क्रिस्टोपर मुलेंगालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रक्षामन्त्री क्रिस्टोपरले अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी