२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मैले मेरी प्रेमिकालाई मारेँ र उनको मासु खाएँ’

२०७६, ४ भाद्र बुधबार ०६:०४

भदौ ४, एजेन्सी | पल ड्युरेन्ट ब्रिटेनमा बस्थे । उनी लागुऔषध दुर्व्यवसनी थिए । र लागुऔषधका लागि चोरी र लुटपाट पनि गर्दथे । थुप्रै महिनादेखि उनी लुटपाटका दुई मामलामा फरार थिए । ब्रिटेनको पुलिस उनलाई दिनरात खोजिरहेको थियो । उनी भागेर स्पेन पुगे ।

त्यहाँ उनको करेनसँग भेट हुन्छ । ४१ वर्षकी करेन दुई बच्चाकी आमा र सम्बन्धविच्छेद भइसकेकी महिला थिइन् । उनी परिवारसँग अलग स्पेनको काल्पे शहरमा बस्थिन् । उनीसँग भेट भएको एक हप्ताभित्र पल उनीबस्ने बिल्डिङको माथिल्लो तल्लामा सरे ।

कुरा सन् २००४ को फेब्रुअरीको हो । करेन करिब हप्तादिनसम्म आफ्नो फ्ल्याटबाट बाहिर निस्किनन् । छिमेकीलाई शंका भयो । पुलिसलाई जानकारी दिए । पुलिसले करेनको फ्ल्याटको ढोका फुटाउँदा भित्र अत्यधिक रगत र रगत लत्पत्तिएका केही चक्कु छरपस्ट थिए । पुलिसले पलको खोजी सुरु गर्यो ।

अन्ततः उनी पक्राउ परे । उनले करेनको हत्या गरेको स्विकारे । करेनलाई हथौडाले हानेर मारेको र शवलाई स–सानो टुक्रामा काटेको पनि पुलिसलाई जानकारी दिए । साथै, उनको शरीरको खान मिल्ने अंग खाएको पनि उल्लेख गरे । करेनको शव भेट्न सकिएन । सुनुवाईको क्रममा उनका एकजना साथी पनि उपस्थित भएका थिए जसले पलले आफूलाई प्रेमिकाको हत्या गरेर उनको मासु खाएको बारे जानकारी दिएको बताए ।

करेनको हत्या आरोपमा पलललाई १२ वर्षको सजाय भयो । साथै चोरी र लुटको मामलामा उनले १५ वर्षको जेलमा बिताउनु थियो । सजाय पूरा भएपछि सन् २०१९ मा उनलाई स्पेनको जेलबाट रिहा गरियो । द सनको रिपोर्ट अनुसार करेन परिवारले पल जेलबाट छुटिएपछि आफूहरुलाई निकै डर लागेको बताए । परिवारका अनुसार पलले आफ्नो अपराध कबुल गरेका थिए त्यसकारण उनलाई छोड्नु सही होइन ।

करेनका परिवार वर्षौपछि पनि उक्त घटनाबाट बाहिर निस्कन सकेका छैनन् । आफ्ना छोरीको हत्यारा खुल्ला हावामा सास फेरिरहेको छ भनेर आफूहरुले सोच्नसमेत नसकेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न