२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

२०७६, ५ भाद्र बिहीबार ०६:२५

भदौ ५, एजेन्सी । भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ । सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार गर्यो ।

चिदम्बरमलाई बिहीबार सीबीआईलाई विशेष अदालतमा पेश गरिनेछ । चिदम्बरममाथि भ्रष्टाचारको आरोप छ जुन उनले अस्वीकार गर्दै आएका छन् । दिल्ली उच्च अदालतले उनलाई पक्राउबाट संरक्षण गर्ने निर्णय गर्न अस्वीकार गरेपछि पी चितम्बरमको गिरफ्तारीको सम्भावना बढेको थियो । यस दौरान उनी सर्वोच्च अदालतको शरण पनि गएका थिए । उनको मुद्दामा शुक्रबार सुनुवाई हुनेछ ।

लुक आउट नोटिस र पक्राउ अघिको ‘ड्रामा’

बुधबार साँझ करिब सवा आठ बजे पत्रकार सम्मेलन गरेर चिदम्बरमले आफूमाथि लागेको सबै आरोपको खण्डन गरेका थिए । उनले आफू नभागेको बरु आफ्नो हितको लागि कानुनको शरणमा गएको बताएका थिए । चिदम्बरम घर पुगेको केही मिनेटपछि नै सीबीआईको टिम उनको घर पुगेको थियो । तर सीबीआई पुगेपछि पनि चिदम्बरमको घरको गेट खोलिएन ।

त्यसपछि सीबीआईको टिमका सदस्यले पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए । सुरक्षाको लागि दिल्ली प्रहरी पनि चिदम्बरमको घर बोलाइएको थियो । सीबीआई चिदमबरमको घर पुगेको खबर आएपछि समर्थकहरु उनको घरबाहिर जम्मा भएर उनको पक्ष र सरकारको विरुद्ध नारा लगाएका थिए ।

सीबीआई मङ्गलबार साँझ पनि चिदम्बरमको घर पुगेको थियो । उनी त्यहाँ नभएपछि सीबीआईले उनी विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । सीबीआईले पक्राउ गर्ने समयमा नभेटेकाले उनी भागेको आशंका गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस