२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

५ भाद्र २०७६, बिहीबार ०८:०८

भदौ ५, एजेन्सी | अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।  टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ । 

टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ । अमेरिकी संचारमाध्यमका अनुसार ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए । ल्यारीका वकीलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए । अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो ।

दी ह्यूस्टन क्रोनिकलका अनुसार १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा ल्यारी पक्राउ परेका थिए ।  अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव