२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खानले भने, म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु

२०७६, १० भाद्र मंगलवार ०५:२७

भदौ १०, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको बताएका छन् | उनले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिए |

राष्ट्रलाई सम्बोधन गर्ने क्रममा खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’

कश्मीरी जनता संकटमा रहेको भन्दै उनले उनीहरुलाई आफूहरुले साथ दिने बताए । उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’

यसबारे पूरै पाकिस्तानमा १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा बाहिर निस्किएर कश्मीरको बारेमा पनि बताउने प्रधानमन्त्री खानले जानकारी दिए । भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेपछि यो अन्तर्राष्ट्रिय मुद्दा बनेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कारण कश्मीरका जनतालाई स्वतन्त्रताको मौका मिलेको इमरान खानको भनाइ छ ।

कट्टर हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को योजना अनुसार भारतले कश्मीर मुद्दामा कुरै गर्न नचाहेको उनले आरोप लगाए । आरएसएस भारतको एक हिन्दु राष्ट्रवादी, अर्धसैनिक स्वयंसेवक संगठन हो, जुन सत्तारुढ भारतीय जनता पार्टीको भातृ संस्था मानिन्छ । बीबीसीका अनुसार आरएसएसलाई विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी संस्था भनिन्छ ।

इमरान खानले सम्बोधनको क्रममा भारत सरकार संयुक्त राष्ट्रसंघको प्रस्ताव, संविधान, जवाहरलाल नेहरुको प्रतिबद्धता र धर्मनिरपेक्षताविरुद्ध गएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु