२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो आकाशमा भारतीय जहाज उडान गर्न नदिने पाकिस्तानको चेतावनी

११ भाद्र २०७६, बुधबार ०७:५९

भदौ ११, एजेन्सी | मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्ण रूपले बन्द गर्ने प्रस्ताव गरेका छन् | भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले ट्वीट गर्दै हवाइ मार्गसँगै अफगानिस्तानसँग व्यापार गर्न भारतले प्रयोग गर्दै आएको स्थलमार्ग पनि बन्द गर्नेबारे कानुनी प्रक्रिया पूरा गर्न लागिएको जानकारी दिएका छन्। ‘मोदीले सुरू गरे हामी अन्त्य गर्नेछौं,’ उनले ट्वीटरमा भनेका छन् | यसअघि गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेपछि पाकिस्तानले आफ्नो आकाश बन्द गरेको थियो।  १३८ दिनसम्म बन्द भएको आकाश जुलाई १६ मा खुलेको थियो।

पाकिस्तानी आकाश बन्द हुँदा भारतीय जहाजलाई नयाँदिल्लीदेखि युरोपको दूरी २ घन्टा बढ्छ । दिल्लीबाट पूर्वी अमेरिकी सहरमा उडान भर्ने जहाजले बीचमा इन्धन हाल्न रोकिनु पर्दा यात्रा समय चार/पाँच घन्टा लम्बिन्छ। यसअघि  पाकिस्तानले आकाश बन्द गर्दा एयर इन्डियालाई ५ सय ६० करोड भारतीय रुपैयाँ घाटा लागेको थियो भने स्पाइस जेट र गो एयरले ६० करोड भारू गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव